वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १, बेल्ही टोलमा अवस्थित यस राजविराज भन्सार कार्यालय नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग अन्तर्गतको मूल भन्सार कार्यालय हो । सप्तरी जिल्लाको सदरमुकाम राजविराजको मुख्य बजारबाट करिब १२ किलोमिटर दक्षिणमा अवस्थित यस भन्सार कार्यालयको स्थापना वि.सं.२०१३ सालमा भएको हो । यस भन्सार कार्यालयको सिमानाका स्थित भारतको बिहार राज्यको सुपौल जिल्लाको कुनौली बजार रहेको छ । यस भन्सार कार्यालयबाट सीमावर्ती भारतको भूमि भन्सार कार्यालय, कुनौलीको दुरी करिब १ किलोमिटर रहेको छ । भारतको कुनौली र यस भन्सार कार्यालय क्षेत्रलाई छुट्याउने खाडो खोला र जिता नामक सानो खोला रहेको छ भने सप्तरी जिल्लामा भारत र नेपाल बीच करिब ७८ किलोमिटर खुलासीमा रहेको छ । यस भन्सार कार्यालयबाट आयात हुने मुख्य वस्तुहरू निम्न अनुसार रहेका छन् ।
१.कपडा
२.कस्मेटिक्स
३.मोटर पार्ट्स आदि ।
यस कार्यालयबाट कुनै पनि मालवस्तु निकासी हुदैनन् ।